दुई फर्मलाई वाणिज्य विभागको कारबाही  « Khabarhub

दुई फर्मलाई वाणिज्य विभागको कारबाही 


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ ।

स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं बाँसबारीस्थित बाँसबारी राइस मिललाई दुई लाख जरिवाना तिराएको हो । त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका– ६ मूलपानी बाबाचोकलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारवाही गरिएको विभागले जनाएको छ ।

विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरु लिई तीनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य  सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै कानुन कार्यान्वयन गराएको स्पष्ट पारेको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ४६ बजे

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा