त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त « Khabarhub

त्रिशूलीमा बस दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले त्रिशूली नदीमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

फागुन ११ गते जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस आज बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसिघाटबाट त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनाप्रति पार्टी सभापति शेरबहादुर देउवा ले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको उपचारका लागि सरकारसँग उचित व्यवस्था मिलाउन आग्रह गरेका छन्।

विज्ञप्तिमा पछिल्लो समय सडक दुर्घटना बढ्दै गइरहेको उल्लेख गर्दै यस्ता घटनाको गम्भीर अध्ययन गरी न्यूनीकरणका लागि तत्काल कार्यदल गठन गर्न र आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइएको छ।

विज्ञप्तिमा कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालको हस्ताक्षर रहेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १२ : ४१ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा