साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ « Khabarhub

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा प्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एन्फाले साम्बालाई नेपाली फुटबलको गौरव र धरोहरको रूपमा उल्लेख गर्दै उनको चोट र उपचारसम्बन्धी विषयमा आवश्यक पहल भइरहेको स्पष्ट पारेको छ।

एन्फाका अनुसार साम्बा हाल न्युजिल्याण्डको वेलिंग्टन फीनिक्स एफसीबाट अष्ट्रेलियन ए-लिगमा व्यावसायिक फुटबल खेलिरहेका बेला घुँडामा चोट लागेको थियो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यावसायिक क्लब फुटबलमा खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबकै हुने प्रचलन रहेको एन्फाले जनाएको छ । तर साम्बाले न्युजिल्याण्डभन्दा कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि एन्फाले यसका लागि सबै सम्भव पहल गरिरहेको जानकारी दिएको छ ।

एन्फाले साम्बाको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको र अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले व्यक्तिगत तवरबाट पनि आवश्यक समन्वय तथा ताकेता गरिरहेको जनाएको छ । साथै साम्बाको आग्रहअनुसार परराष्ट्र मन्त्रालयमार्फत उपचारसम्बन्धी कूटनीतिक समन्वयका लागि पनि पत्राचार गरिएको एन्फाले स्पष्ट पारेको छ ।

संघले विगतमा राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी र सविता राना मगरलगायतका खेलाडीहरूको सम्पूर्ण उपचार खर्च एन्फाले नै व्यहोरेको स्मरण गराउँदै ती खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको जनाएको छ ।

एन्फाले साम्बाको क्लबसँग उपचारसम्बन्धी सम्झौता र व्यवस्थाबारे अध्ययन तथा छलफल गरी कुनै कमी नआउने सुनिश्चित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै राष्ट्रिय टोलीकी कप्तानलाई परेको पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उनलाई यथाशीघ्र मैदानमा फर्काउन संघ प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ३२ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको