कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै « Khabarhub

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी सभा गर्ने निर्णय गरेको छ। पार्टीले फागुन १४ गते सुर्खेत, १५ गते पोखरा र १७ गते काठमाडौंमा चुनावी सभा आयोजना गर्ने तय गरेको हो।

सभामा शीर्ष नेताहरूको सहभागिता रहनेछ। सभामार्फत कांग्रेसले आफ्नो चुनावी एजेन्डा, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र मतदातासँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेको जनाएको छ।

सुर्खेत, पोखरा र काठमाडौंका सभालाई विशेष महत्वका साथ हेरिएको कांग्रेस नेताहरूले बताएका छन्।

यसैबीच, अन्य जिल्लामा आयोजना गरिने चुनावी सभाको मिति भने अझै टुंगिन बाँकी रहेको छ। प्रदेश र जिल्ला कार्यसमितिसँग परामर्श गरेर क्रमशः तालिका सार्वजनिक गरिने कांग्रेसले जनाएको छ।

निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूले देशभर चुनावी अभियान तीव्र पारिरहेका छन्। कांग्रेसले पनि केन्द्रदेखि गाउँस्तरसम्म संगठन परिचालन गर्दै प्रचार अभियानलाई विस्तार गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : ०७ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका