नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : प्रचण्ड « Khabarhub

नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : प्रचण्ड


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिङ्गो दलित समुदायको उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिरकण गठन गरिने बताएका छन् । 

पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले पार्टीको प्रतिवद्धतापत्रमा शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्ने विषयलाई उच्च प्राथमिकता दिइएको उल्लेख गरे। उनले सो प्राधिकरणले दलित समुदायको समग्र विकासलाई मार्गनिर्देश गर्ने स्पष्ट पारे। 

संयोजक दाहालले राज्यका सबै तहमा दलित समुदायलाई विशेषाधिकार हुनुपर्छ भनेर नेकपाले लड्दै आएको बताए। 

‘संविधानसभाबाट जारी नेपालको संविधानमा दलितका हकअधिकार लिपिबद्ध गरिएको छ । त्यो अझै पर्याप्त छैन, हामीलाई विशेषाधिकार प्राप्त गर्नुछ’, पूर्वप्रधानमन्त्री दाहालले भने, ‘मेरो नेतृत्वको सरकारले उक्त प्राधिकरण बनाउने निर्णय गरेको थियो, कार्यान्वयनका लागि बजेट पनि विनियोजन गरेको थिएँ, पछि बनेको सरकारले त्यसलाई अघि बढाएन ।’

नेकपाको गठनपछि क्रान्तिकारी र वामपन्थी शक्तिको ध्रुवीकरण सुरु भइसकेको जनाउँदै उनले अब छिट्टै सम्पूर्ण वामपन्थी एकठाउँमै हुने दाबी गरे। 

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ६ : १८ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश