साढे ११ हजार घुससहित यातायात अधिकृत र लेखापढी व्यवसायी पक्राउ « Khabarhub

साढे ११ हजार घुससहित यातायात अधिकृत र लेखापढी व्यवसायी पक्राउ


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत अमृत भेटवालसहित दुई जना घुस रकमसहित नियन्त्रणमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयका अनुसार सवारी सरुवा सहमति गरिदिने प्रयोजनमा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचनाका आधारमा टोली खटिएको थियो।

त्यस क्रममा बिचौलियाको भूमिकामा रहेका लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५०० रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी र अधिकृत भेटवाल पक्राउ परेका हुन् ।

उनीहरूलाई हेटौंडा–११ स्थित यातायात व्यवस्था कार्यालयबाट तीन थान मोबाइल सेटसहित नियन्त्रणमा लिइएको हो। यसबारे थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ६ : ४९ बजे

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश