निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने « Khabarhub

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।

बुधबार सिंहदरबारमा फागुन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका क्रममा कोही सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय भएको बताए।

त्यस अवधिमा उनीहरूको मृत्यु भए उनीहरूका आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउनेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले १६ औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने र यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतका आदेश कार्यान्वयनसम्बन्धी जाँचबुझ आयोगको कार्यअवधि एक महिना थप गर्ने निर्णयसमेत गरेको प्रवक्ता अर्यालले बताए ।

उनले रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्मको लागि निरन्तरता दिने र समितिले उक्त अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अडकाऊ फुकाऊ आदेश जारी गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  २ : ५१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि