निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह « Khabarhub

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सबैसँग आग्रह गरेका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको’ भूमिका विषय कार्यक्रममा उनले निर्वाचनका लागि स्वच्छ वातावरण बनाउन सरकार, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सञ्चारजगतको महत्त्वपूर्ण भूमिका रहने धारणा राखे ।

अध्यक्ष मगरले भने, “जनताले निष्पक्ष रूपमा आफ्नो सक्षम र योग्य जनप्रतिनिधि छान्न पाउनुपर्छ । मतदातालाई दिग्भ्रमित हुने कार्य कसैबाट हुनुहुन्न ।”

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले निर्वाचन सुरक्षा व्यवस्थापन र तयारीका हिसाबले मतदानका दिन गर्नुपर्नेबाहेक सम्पूर्ण तयारी पूरा गरेको बताए । उनले भने, “आममतदाताले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउनुहुन्छ । त्यसका लागि राजनीतिक दल र उम्मेदवार आवश्यक सहयोग हुनेछ ।”

नेपाल प्रहरी निर्वाचनको पहिलो घेरामा रहेर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मतदाताको निर्वाचनप्रतिको चासो र सुरक्षाकर्मीको मनोबल उच्च रहेको बताए । सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक गणेश ढाडामगरले देशको विशिष्ठ परिस्थितिपछि हुन लागेको निर्वाचनप्रति आमनागरिकमा चासो रहेको बताए ।

उनले भने, “निर्वाचन आयोग र एकीकृत सुरक्षा योजनाअनुरूप दोस्रो घेरामा रही सुरक्षा प्रदान गर्नेछ । केन्द्र, प्रदेश र जिल्लामा सुरक्षा सेल खडा गरी हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषणका साथ सुरक्षा बन्दोबस्ती मिलाइएको छ ।”

निर्वाचन आयोगका प्रतिनिधि उषा गजमेरले निर्वाचन आचारसहिता लागू भइसकेकाले राजनीतिक दल, उम्मेदवार र सरोकारवाला सबैले त्यसको पालना गर्न आग्रह गरे ।

निर्वाचनमा कुनै उम्मेदवारलाई लक्षित गरी आरोप प्रत्यारोग गरेमा दण्डको भागिदार हुनुपर्ने कानुनी व्यवस्था रहेको बताउँदै उनले राजनीतिक दल र उम्मेदवार मुख्य जिम्मेवार भएकाले विभिन्न समयमा आयोगले छलफल र परामर्श गरिसकेको जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ८ : ४४ बजे

हिमालयन लाइफको सीईओ नियुक्ति रोक्न सर्वोच्चको आदेश

काठमाडौं–सर्वोच्च अदालतले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत

‘संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि भएका सुझावले कानुनलाई थप विशिष्ट बनाउँछ’

काठमाडौं– विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३

बाफिया संशोधन गर्दै कारबाही भोगेका व्यक्ति बैंक सञ्चालक बन्न पाउने!

काठमाडौं– सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै

कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न रञ्जु दर्शनाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्शना न्यौपानेले बालबालिका तथा

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न