टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो « Khabarhub

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि सहआयोजक श्रीलंकाको विश्वकप यात्रा सुपर–८ चरणमै टुंगिएको छ । बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

१६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले सुरुआतदेखि नै दबाबमा पर्यो । टोली २० ओभरमा ८ विकेटको क्षतिमा १०७ रनमै सीमित भयो । कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्‍याउन पर्याप्त भएन । दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ र पवन रथ्नायकेले १० ले दोहोरो अंक छुए पनि साझेदारी लामो टिक्न सकेन ।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । म्याट हेनरीले २ ओभरमा १ मेडन राख्दै ३ रन मात्र दिएर २ विकेट लिए । कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सले १–१ विकेट थपे।

यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड पनि सहज अवस्थामा भने थिएन । ८४ रनमा ६ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो । तर कप्तान मिचेल सान्टनर र कोल मेकोन्चीले सातौँ विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरेछि न्युजिल्याण्ड बलियो अवस्थामा पुगेको थियो । सान्टनर २६ बलमा ४७ रन बनाउँदै अन्तिम बलमा आउट भए भने मेकोन्ची २३ बलमा ३१ रनमा अविजित रहे ।

रचिन रविन्द्र ३२, फिन एलेन २८ र ग्लेन फिलिप्स १८ रनमा आउट भए । श्रीलंकाका महीश थिक्साना र दुश्मान्था चमीराले ३–३ विकेट लिए पनि निर्णायक क्षणमा रन रोक्न नसक्दा टोली महँगो साबित भयो।

न्युजिल्यान्डले महत्वपूर्ण जितसँगै सेमिफाइनल दौड बलियो बनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ११ : ०२ बजे

उजुरी परेपछि रास्वपाको निर्वाचन प्रक्रिया स्थगित, विभिन्न स्थानको अधिवेशन रोक्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले आन्तरिक

नेप्से परिसूचक २२.२१ अंकले उकालो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने

संयुक्त राष्ट्रसङ्घद्वारा गाजा पट्टीमा जारी इजरायली आक्रमणको निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार कार्यालयले गाजा पट्टीमा भएको

विपक्षीको नाराबाजीबीच संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौं– विपक्षी दलहरूले वेलमा नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको

सभापति लामिछानेले आजै भारतीय गृहमन्त्री शाहसँग भेट गर्दै

काठमाडौं – भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने