झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ « Khabarhub

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी गर्दै हिँड्ने गिरोह पक्राउ परेको छ । झापा प्रहरीले मंगलबार अपराह्न सो गिरोहका सातजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू अरिन्दम धर, दीपा भौमिक, सुमन सरकार, नुर कलाम शेख, अवेद अली होसैन, फारुक अज्मी र झापाको कमल गाउँपालिकाका देवेन्द्र सापकोटा छन् ।

जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै नक्कली नेपाली कम्पनी खडा गरी ठगी धन्दा सञ्चालन गर्ने गिरोहलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

उनीहरूको साथबाट दुईवटा भारतीय नम्बर प्लेटका गाडी, नोटको आकारमा काटिएका २१ बाकस पैसाका साथै प्रहरीको नक्कली परिचयपत्र र नक्कली कर प्रमाणपत्र पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १० : ५८ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका