महराको थुनछेक बहस आज, यस्तो हुन्छ प्रक्रिया « Khabarhub

महराको थुनछेक बहस आज, यस्तो हुन्छ प्रक्रिया


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक वहसको प्रकृया आज शुरु हुँदैछ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावका कारण थुनछेक बहस हुन सकेको थिएन ।

शुक्रवार (आज) जिल्ला अदालत काठमाडौंको इजलासमा महराको वयान हुनेछ । त्यसपछि वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले थुनछेक बहस गर्नेछन् ।

बहस सकिएपछि अदालतले महरालाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने बारेको फैसला गर्ने छ ।

महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा विहीवार(हिजो) मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

महराविरुद्ध मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा (३) को (ङ) बमोजिको हुने सजाय सजायमा सोही ऐनको दफा ३४ को उपदफा (३) बमोजिम सजाय मागदाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले जानकारी दिए ।

मुलुकी फौजदारी अपराध संहिता ९ऐन० २०७४ को को दफा २१९ को उपदफा (३) को ङ मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलामाथि जबरजस्ती करणी गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

सोही ऐनको दफा ३४ को उपदफा ३ मा कसुर गर्न उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधा मात्रै सजाय हुने व्यवस्था छ । सोही व्यवास्थाअनुसार महराविरुद्ध जबरजस्ती करणीको उद्योग (प्रयास) गरेको अभियोगमा अधिकत्तम ५ वर्ष कैद सजाय मागदाबी गरिएको हो ।

यस्तै, महराविरुद्ध उच्च अहोदामा बसेर कसुर गरेको अभियोग पनि लगाइएको छ । फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा १५ को उपदफा २ को ङमा ‘कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय हुने’ व्यवस्था गरिएको छ ।

जसअनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करण उद्योगको अधिकत्तम सजाय ५ वर्ष माग दाबी गर्दै त्यसको डेढी सजाय २ वर्ष ६ महिना माग गरेको छ ।

महराविरुद्ध जबरजस्ती करणी उद्योग र उच्च ओहोदाको दुरुपयोग गरी कसूर गरेको अभियोगमा गरी कूल ७ वर्ष ६ महिनाको कैद सजाय मागदाबी गरिएको हो ।

एक महिना अगाडि १३ असोजमा संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

पछि पीडित महिलाको ‘उजुरी’का आधारमा प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो ।
महरालाई १९ असोजमा पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १० : १६ बजे

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका