‘पिटर-१’ ले ‘आवश्यक बल प्रयोग गर्नू’ भनेपछि २३ भदौमा हिंसा सुरू भएको बीबीसीको दाबी « Khabarhub

‘पिटर-१’ ले ‘आवश्यक बल प्रयोग गर्नू’ भनेपछि २३ भदौमा हिंसा सुरू भएको बीबीसीको दाबी


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘कर्फ्यू लागिसकेको छ, अब थप अनुमति लिइरहनु पर्दैन । आवश्यक बल प्रयोग गर्नू ।’ भदौ २३ गते दउँसो १२ बजेर ४० मिनेटमा रेडियो सेटमार्फत दिएको यही ‘कोड’ आदेशपछि जेनजी प्रदर्शनकारीमाथि गोली चलेको बीबीसीले खुलासा गरेको छ । बीबीसीले प्राप्त गरेको गोप्य प्रहरी रेडियो संवादमा ‘पिटर–१’ कोड भएका अधिकारीले यस्तो आदेश दिएका थिए ।

प्रहरी स्रोतको हवाला दिँदै बीबीसीले जनाएअनुसार यस्तो कोड भएका ती प्रहरी अधिकारी प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ थिए । खापुङले यस्तो आदेश दिएपछि रक्तपात मच्चिन शुरु भएको हालै सार्वजनिक डकुमेन्ट्रीमा दाबी गरिएको छ ।

खापुङको आदेशलगत्तै प्रहरीले चलाएको गोलीबाट विद्यालयको पोसाकमै रहेका किशोरसहित १९ जना युवाको मृत्यु भएको बीबीसीको दाबी छ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धको विरोधमा माइतीघर मण्डलामा भेला भएका करिब ३० हजार युवाहरू सुरुमा शान्तिपूर्ण थिए ।

तर, बीबीसीका अनुसार दिउँसो प्रदर्शनकारीले संसद् भवनको बाहिरी घेरा तोड्न खोजेपछि सुरक्षा कमाण्ड रुममा त्रास फैलियो । ‘नन लेथल’ अर्थात कम घातक रुपमा बल प्रयोग गर्ने विकल्प बाँकी रहँदै आईजीपी खापुङले सीधै गोली चलाउने विकल्प दिएर ‘बल प्रयोग’ को आदेश दिएको बीबीसी डकुमेन्ट्रीमा दाबी गरिएको छ ।

बीबीसी विश्व सेवाले बिहीबार सार्वजनिक गरेको ४१ मिनेट लामो ‘शट लाइक इनमिज : इनसाइड नेपाल्स जेन-जी अपराइजिङ’ नामक डकुमेन्ट्रीमा यस्तो दाबी गरिएको छ ।

प्रहरीको उक्त आदेशपछि २३ भदौ दिउँसो १ बजेर १५ मिनेटदेखि २ बजेर १५ मिनेटको बीचमा सबैभन्दा बढी क्षति भयो । जो हरियो स्कुल पोसाकमा प्रदर्शनमा सहभागी १७ वर्षीय श्रीयम चौलागाईं पछाडि हट्दै ताली बजाइरहेको अवस्थामा टाउकोमा गोली लागेर ढलेका थिए ।

बीबीसीको फरेन्सिक विश्लेषणका अनुसार मारिएका धेरैजसो युवाहरू प्रहरीतर्फ फर्किएका थिएनन्, उनीहरू पछाडि हट्दै गर्दा वा निशस्त्र उभिरहेकै अवस्थामा निशाना बनाइएका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ३ : ४५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री