उत्तर–पूर्वी नाइजेरियामा जिहादी आक्रमण : २५ जनाको मृत्यु « Khabarhub

उत्तर–पूर्वी नाइजेरियामा जिहादी आक्रमण : २५ जनाको मृत्यु


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुई वटा छुट्टै जिहादी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय स्रोतलाई उदृत गर्दै एएफपीले बिहीबार जनाएको छ ।

क्यामरुनसँगको सीमावर्ती क्षेत्रका मडागाली र होङ सहरहरूमा भएका आक्रमणको श्रेय बोको हराम जिहादीहरूलाई दिइएको छ जसका लडाकुहरू सन् २००९ देखि हिंसात्मक विद्रोह सहित यस क्षेत्रमा सक्रिय छन् ।

आक्रमणकारीहरूले बजार लुटेर खानेकुरा र मोटरसाइकल चोरी गरेको समेत स्रोतले जनाएको छ । छिमेकी होङमा तीन सैनिकसहित अन्य चार जनाको मृत्यु भएको जनाइएको छ ।

गभर्नर आदामु उमारु फिन्टिरीले विज्ञप्ति जारी गर्दै आधिकारिक आक्रमणको निन्दा गरेका छन् ।

विज्ञप्तिमा अपराधीहरूलाई चेतावनी दिदै आक्रमणबाट टाढा रहन आग्रह गर्दै आक्रमणको पूर्ण सामना गर्नु पर्ने जनाइको छ ।

सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोह, मुख्यतया बोको हराम र यसको प्रतिद्वन्द्वी गुट, इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) को नेतृत्वमा देशमा ४० हजार भन्दा बढी मानिस मारिएका छन् भने २० लाख विस्थापित भएका छन् ।

द्वन्द्व छिमेकी नाइजर, चाड र क्यामरुन सम्म फैलिएको छ, भने यी समूहहरूसँग लड्न क्षेत्रीय सैन्य गठबन्धन गठन गरिएको  छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  ५ : १० बजे

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह