गुल्मीका लागि नेकपाले टुंग्यायो उम्मेदवारको नाम « Khabarhub

गुल्मीका लागि नेकपाले टुंग्यायो उम्मेदवारको नाम


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गुल्मीमा हुने उपचुनावका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

गुल्मीको रुरु गाउँपालिकाको वडा नम्बर ६ को वडाध्यक्ष पदका लागि आगामी मंसिर १४ गते उपचुनाव हुँदै छ ।

नेकपाले रुरु–६ को वडाध्यक्ष पदका लागि सोही वडाको निर्वाचित वडासदस्य गिरी सिञ्जालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सिञ्जालीलाई सदस्य पदबाट राजीनामा गराएर वडाध्यक्ष पदका लागि उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको नेकपाको गुल्मी जिल्ला सचिव वीरबहादुर कार्कीले जानकारी दिए ।

रुरु–६ को अध्यक्षका लागि नेपाली कांग्रेसले भने उम्मेदावरको टुंगो लगाइसकेको छैन । यद्यपि, कांग्रेसले पुरानै उम्मेदावरलाई निरन्तरता दिने संभावना छ ।

गुल्मीको रुरु गाउँपालिकाको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो । माओवादी र कांग्रेसको तालमेलका बाबजूद पनि रुरु गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित वडा नम्बर ६ को अध्यक्षमा पनि तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

वडा नम्बर ६ को वडाध्यक्षमा निर्वाचित पूर्णबहादुर रेग्मीको १३ साउन २०७५ मा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ११ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै