‘संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन महत्त्वपूर्ण’ « Khabarhub

‘संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन महत्त्वपूर्ण’


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेलले लिगबाट बाहिर रहेको संवैधानिक प्रक्रियालाई सही ठाउँमा ल्याउन आगामी निर्वाचन निकै महत्त्वपूर्ण रहेको बताएका छन् । 

शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा आयोजित कार्यक्रममा पोखरेलले अहिले मुलुकको लोकतान्त्रिक प्रक्रिया, संवैधानिक प्रक्रिया लिगबाट बाहिर रहेकाले त्यसलाई सही ठाउँमा ल्याउनुपर्ने आवश्यकता रहेको भन्दै निर्वाचनलाई सही परिणाम दिने अवसरको रुपमा परिणत गर्नुपर्ने बताएका हुन् । 

उनले आगामी निर्वाचनमा सहभागी भएर मुलुक रूपान्तरणको अभियानमा साथ दिन समेत आह्वान गरे ।

देशभन्दा ठूलो कुरा अरू केही हुन नसक्ने भन्दै पोखरेलले हित विपरीत भइरहेका गतिविधिविरुद्ध देशभक्तहरू एकठाउमा गोलबन्द हुनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

अहिलेको निर्वाचन देश बनाउने र देश बिगार्नेबीचको जनमत सङ्ग्रह भएकाले देश बनाउने पक्षलाई जनताले साथ लिने उनको विश्वास छ । 

कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिएकी कोमल पौडेलले आफ्नो उम्मेदवारी स्थगित गर्दै पोखरेललाई समर्थन गरेको घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ६ : २३ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन