मल्लको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने प्रधानमन्त्रीको विश्वास | Khabarhub Khabarhub

मल्लको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने प्रधानमन्त्रीको विश्वास


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

शुक्रबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले मल्ललाई बधाई दिँदै मल्लको कार्यकालमा नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु,’ प्रधानमन्त्रीले लेखेका छन्,‘उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।’

मल्ललाई बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ कप्तान घोषणा गरेको थियो । अस्वस्थताका कारण बुधबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली बिहीबार बालुवाटार फर्किएपछि उनले कप्तान मल्ललाई शुक्रबार बधाई दिएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काले कप्तानबाट असोज २८ गते राजीनामा दिएपछि उपकप्तान मल्ललाई क्यानले नयाँ कप्तान बनाएको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ४३ बजे

रुसी आक्रमणपछि सर्बियाका नेताको पहिलो युक्रेन भ्रमण

एजेन्सी– रुससँग बलियो सम्बन्ध राख्ने सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुसिकले सन्

सुडी समाजद्वारा महिला उपसमिति गठन

काठमाडौं– महिलाको हकहितको संरक्षण, संवर्द्धन तथा सशक्तीकरणको माध्यमबाट लैङ्गिक न्याय

स्क्रिन सेयर गर्दै अल्लु अर्जुन र दीपिका

काठमाडौं – दक्षिण भारतीय नायक अल्लु अर्जुन र बलिउड नायिका

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं– ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका-३ तनुवा बस्ने ४६ वर्षीया बिष्णुमाया सुनुवारको करेन्ट लागेर

युक्रेनको खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

एजेन्सी– रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा बुधबार बिहान बिहानै गरेको