जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा पुनर्निर्माण (तस्बिरहरू) « Khabarhub

जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा पुनर्निर्माण (तस्बिरहरू)


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथ का पाङ्ग्रा पुनर्निर्माण कार्य सुरु गरिएको छ। आन्दोलनका क्रममा लागेको आगोले दुईवटा पाङ्ग्रा पूर्ण रूपमा नष्ट भएपछि नयाँ पाङ्ग्रा निर्माण प्रक्रिया अघि बढाइएको हो।

परम्परागत रूपमा रथका पाङ्ग्रा प्रत्येक १२ वर्षमा बनाउने चलन रहे पनि आकस्मिक क्षति पुगेमा मात्रै पुनर्निर्माण गरिन्छ। यसपटक आन्दोलनका कारण पाङ्ग्रा जलेर काम नलाग्ने अवस्थामा पुगेपछि गुठी तथा सम्बन्धित निकायको समन्वयमा निर्माण थालिएको बताइएको छ।

स्थानीय गुठीका प्रतिनिधिका अनुसार सरस्वती पूजाको दिनदेखि पाङ्ग्रा बनाउने काम सुरु गरिएको हो। दक्ष कालिगढहरूको संलग्नतामा परम्परागत शैली र विधिअनुसार निर्माण भइरहेको छ। काठ छनोटदेखि जोडाइ र संरचना निर्माणसम्मका सबै प्रक्रिया धार्मिक परम्परा अनुसार गरिँदैछ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ३ : १४ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका