उपनिर्वाचनमा सेना पनि परिचालन हुने, एकीकृत सुरक्षा योजना तयार « Khabarhub

उपनिर्वाचनमा सेना पनि परिचालन हुने, एकीकृत सुरक्षा योजना तयार


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली सेनासहित ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुने गरी उपनिर्वाचनको एकीकृत सुरक्षा योजना तयार पारिएको छ ।

उपनिर्वाचनको सुरक्षा कार्ययोजनाबारे शुक्रबार गृह मन्त्रालयमा छलफल समेत भएको छ ।

शुक्रबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुल लगायत सहभागी बैठकले उपनिर्वाचनको सुरक्षा योजनाबारे छलफल गरेको हो ।

बैठकमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ ।

बैठकमा गृहमन्त्री बादलले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशीलता र विगतका निर्वाचनका अनुभव आधारमा आवश्यकता अनुसार कार्ययोजनालाई थप परिस्कृत गर्दै लैजान निर्देशन दिए ।

निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत गृहमन्त्री थापाले सुरक्षा निकायलाई निर्देशन दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : ०७ बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण