भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित « Khabarhub

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् ।

‘मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको’ एयर इन्डियाले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ ।

इन्डिगोले पनि ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडानहरू स्थगित गरिरहेको बताएको छ ।

लाखौँ भारतीय आप्रवासीहरूको घर, अन्य खाडी राष्ट्रहरूमा छ भने नयाँ दिल्लीले ऐतिहासिक रूपमा इजरायलसँगको आफ्नो सम्बन्धलाई सन्तुलित गरेको छ ।

यो क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा  अघि बढिरहेको प्रमुख अर्थतन्त्रका लागि ऊर्जाको महत्वपूर्ण स्रोत पनि हो । प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको ऐतिहासिक भ्रमण पछि स्वदेश फर्केको एक दिन पछि इरानमा आक्रमण भएको हो, जहाँ दुवै पक्षले व्यापार र रक्षा सम्बन्धलाई मजबुत बनाउन सहमत भएका थिए ।

प्रधानमन्त्री मोदीले इजरायली सांसदहरूलाई सम्बोधन गर्दै सन् २०२३ अक्टोबर–७, मा हमासको घातक आक्रमण पछि नयाँ दिल्ली इजरायलसँग “दृढतापूर्वक“ उभिएको बताएका थिए। 

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ४ : ५८ बजे

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको