सुत्केरीको मृत्यु पछि बिराट नर्सिङ होममा तनाव « Khabarhub

सुत्केरीको मृत्यु पछि बिराट नर्सिङ होममा तनाव


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सुत्केरीको उपचारको क्रममा मृत्यु भएपछि विराटनगरको विराट नर्सिङ होममा तनावको अवस्था सिर्जना भएको छ ।

सुनसरी दुहवी नगरपालिका ८ की २० वर्षीया रमिला कार्कीको बिहीबार साझँ उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरवाहीको कारण मृत्यु भएको भन्दै नाराबाजी गरेका छन् ।

मृतकका आफन्तले घटनाको छानविन हुनुपर्ने माग राख्दै अस्पतालमा धर्ना दिएका छन् ।

कार्कीलाई सुत्केरी व्यथा लागेपछि मंगलबार विराट नर्सिङ होममा भर्ना गरिएको थियो । कार्कीले मंगलबार विहान शिशु जन्माएपछि अत्याधिक रक्तश्राव भएको थियो ।

अत्याधिक रक्तश्रापपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर निकाल्नुपर्ने बताएको थियो ।

चिकित्सकको सल्लाह अनुसार कार्कीको पाठेघर निकाल्न शल्यक्रिया गरिएको थियो । चिकित्सकले शल्यक्रिया भएको ४ घण्टामा सुत्केरीको होस आउछ भनेपनि पछि भने उनलाई मृत घोषित गर्यो‍ ।

अस्पतालले नर्मल डेलिभरी भएकी कार्कीलाई मृत घोषणा गरेपछि मृतकका आफन्तले घटनाको छनविन हुनुपर्ने भन्दै शव लिन समेत अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : ५९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज