पाकिस्तानले श्रीलंकालाई २१३ रनको विशाल लक्ष्य « Khabarhub

टी–२० विश्वकप

पाकिस्तानले श्रीलंकालाई २१३ रनको विशाल लक्ष्य


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको खेलमा पाकिस्तानले श्रीलंकलाई २१३ रनको विशाल लक्ष्य दिएको छ ।

पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनायो । पाकिस्तानका लागि ओपनर साहिबजादा फरहान र फखर जमानले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई विशाल स्कोर तर्फ अघि बढाएका थिए ।

फरहानले ६० बलमा शतक प्रहार गरे । जसक्रममा उनले ९ चौका र ५ छक्का प्रहार गरे । ४२ बलको सामना गरेका जमानले ९ चौका र ४ छक्कासहित ८५ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले तीन, दासुन शनाकाले दुई र दुष्मन्थ चमेराले एक विकेट लिए । आजको खेल पाकिस्तानका लागि महत्वपूर्ण छ । सेमिफाइनलमा पुग्नका लागि पाकिस्तानले श्रीलंकालाई १४७ रन भित्रै रोक्नु पर्ने छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ९ : ४९ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका