विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा « Khabarhub

आईसीसी टी–२० विश्वकप

विश्वकपको सुपर-८ बाटै बाहिरियो पाकिस्तान, न्युजिल्याण्ड सेमिफाइलनमा


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको जित हासिल नभएपछि पाकिस्तान सुपर आठबाटै घर फर्किएको हो ।

पाकिस्तान बाहिरिएसँगै सुपर ८ को समूह २ बाट न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ । यो समूहबाट इंग्ल्यान्ड ३ जितसहित यसअघि नै सेमिफाइनलमा पुगिसकेको थियो । न्युजिल्याण्डले पाकिस्तानलाई रनरेटमा पछि पार्दै सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तान सेमिफाइनलमा पुग्नका लागि श्रीलंकालाई १४७ रनभन्दा कम योगफलमा रोक्नु पर्ने थियो । तर श्रीलंकाले उत्कृष्ट ब्याटिङ गरेपछि पाकिस्तान बाहिरिएको हो । यदपी श्रीलंकामाथि पाकिस्तानले ५ रनको जित निकालेको छ ।

पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याएको श्रीलंका २०७ रनमा समेटियो । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै श्रीलंकाले उक्त स्कोर बनाएको हो ।

श्रीलंका लागि कप्तान दासुन शनाकाले शानदार ब्याटिङ गर्दै ३१ बलमा ७६ रन बनाए । यस्तै पवन रथनायकेले ५८, कामिल मिश्राले २६ र चारिथ असलंकाले २५ रनको योगदान दिए ।

पाकिस्तानका अबरार अहमदले शानदार बलिङ गर्दै तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्रै २३ रन खर्चिए । यस्तै नसीम शाह, शाहीन अफ्रिदी, मोहम्मद नवाजले एक एक विकेट लिए ।

त्यसअघि पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। पाकिस्तानका लागि ओपनर साहिबजादा फरहान र फखर जमानले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई विशाल स्कोर तर्फ अघि बढाएका थिए ।

फरहानले ६० बलमा शतक प्रहार गरे । जसक्रममा उनले ९ चौका र ५ छक्का प्रहार गरे । ४२ बलको सामना गरेका जमानले ९ चौका र ४ छक्कासहित ८५ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले तीन, दासुन शनाकाले दुई र दुष्मन्थ चमेराले एक विकेट लिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ११ : २१ बजे

राज्य व्यवस्था समितिको सभापतिमा हरि ढकाल

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय

अदालत पुगेको सुनकोशी–मरिन विवाद कहिले होला समाधान ?

काठमाडौं- छ महिना यता सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अस्तव्यस्त

‘जेन-जी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

गण्डकी– गत भदौ २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट

बुटवल–नारायणगढ सडक : पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण

मध्यविन्दु– बुटवल–नारायणगढ सडक विस्तार आयोजनाअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवासस्थित विनयी खोलामा

सरकारी अस्पतालमा दुई दिन बिदा कायम, आकस्मिक सेवा २४ सै घण्टा

काठमाडौं– सरकारी अस्पतालहरूको ओपीडी सेवा अब शनिबार र आइतबार बन्द