दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमक पुगेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरेर भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ पुगेका हुन् ।
दमकमा उनले मतदातासँगको भेटमा सक्रिय भएका छन् । आइतबार कमल गाउँपालिकमा हुने र्याली उद्घाटनका लागि पुग्ने कार्यक्रम छ । ओलीको चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया