नयाँपुस्ताका मतदाता भन्छन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’ « Khabarhub

नयाँपुस्ताका मतदाता भन्छन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा युवा मतदातामा उत्साह र जिज्ञासा एकैसाथ देखिएको छ । नयाँ पुस्ता यसपटक आफ्नो मताधिकार प्रयोग गर्दै लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागी हुने तयारीमा जुटेका हुन् ।

यसअघि निर्वाचनलाई परिवारका अग्रजले गर्ने कार्यका रूपमा हेर्दै आएका यी युवाहरू अहिले भने स्वयं निर्णयकर्ता बन्ने चरणमा पुगेका छन् । सामाजिक सञ्जाल, बहस, छलफल र विद्यालय–क्याम्पसस्तरीय संवादमार्फत उनीहरू निर्वाचन, संविधान, शासन प्रणाली र नागरिक दायित्वबारे बुझ्न खोजिरहेका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का नयाँ मतदाताहरूले आफ्नो पहिलो मत ‘व्यक्तिगत स्वार्थ’भन्दा पनि ‘भविष्य निर्माण’का आधारमा प्रयोग गर्ने बताएका छन् । उनीहरूका प्राथमिकतामा गुणस्तरीय शिक्षा, रोजगारी सृजना, पारदर्शी शासन व्यवस्था र जनताको समस्या बुझ्ने नेतृत्व छन् ।

विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनका पवन ढेगामगर पहिलोपटक मतदान गर्न पाउँदा उत्साहित भएको बताए । दुर्गम गाउँमा पर्ने बगुवन गाउँको समस्या समाधानका लागि ठोस पहल गर्ने उम्मेदवारलाई चयन गर्ने सोचमा रहेको उनले बताए ।

जिल्लामा विभिन्न नागरिक संस्थाहरूले पनि पहिलो मतदातालाई लक्ष्य गरी मतदाता शिक्षा, सचेतना कार्यक्रम र संवाद आयोजना गरिरहेका छन् । यस्ता कार्यक्रमले युवामा मतदानप्रति आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ छ ।

पहिलोपटक मतदान गर्न लागेकी कावासोती नगरपालिका–२ की १९ वर्षीया एञ्जल भुसालले भनिन्, ‘हामी अब दर्शकमात्र होइनौँ, निर्णय प्रक्रियाका सहभागी हौँ । हाम्रो मतले हाम्रो भविष्य निर्धारण गर्छ भन्ने चेतना आएको छ ।’

बुलिङटार गाउँपालिका–३ का अर्का युवा सुमन थापाले भने, ‘हामीलाई भाषणभन्दा काम चाहिएको छ । युवालाई स्वदेशमै अवसर दिने नीति ल्याउने उम्मेदवारलाई रोज्ने सोचमा छौँ ।’

पहिलो मतदानलाई जीवनको महत्त्वपूर्ण अनुभवका रूपमा लिँदै युवाहरू मतदान दिनलाई ‘उत्सव’जस्तै मानिरहेको देखिन्छ ।

कतिपय युवाहरूले सामाजिक सञ्जालमा पनि जिम्मेवार मतदानको सन्देश फैलाइरहेका छन्, ‘सोचेर मत हालौँ, भविष्य बनाऔँ’ भन्ने नारासहित । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पहिलोपटक मतदान गर्न लागेका युवाहरू फागुन २१ गतेको निर्वाचनलाई लिएर उत्साहित भएको देखिन्छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नौ हजार २३७ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद शर्मा भुसालले बताए । उनका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट सिधैँ नाम दर्ता गराउने मतदाता तीन हजार १५३ र राष्ट्रिय परिचयपत्र प्रयोग गरी नाम दर्ता गराउनेको सङ्ख्या छ हजार ८४ छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कुल दुई लाख ६८ हजार ५२६ मतदाता छन् । (रासस)

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ३६ बजे

कांग्रेसले आयोगलाई भन्यो : प्रचारमा चुनाव चिह्न र राष्ट्रिय झण्डाको प्रयोग रोक्नू

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा

इरानका सर्वोच्च नेता खामेनेईको हत्याको विरोधमा काश्मीरमा विशाल प्रदर्शन

श्रीनगर- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्याको खबर सार्वजनिक

ओमानको बन्दरगाहमा ड्रोन आक्रमणमा परी विदेशी कामदार घाइते

काठमाडौं- ओमानको दुक्म बन्दरगाहमा ड्रोन आक्रमण भएको छ । ओमान

इरानले यूएईमा हान्यो १३७ मिसाइल र २०९ ड्रोन, जेबेल बन्दरगाहमा आगलागी, दुबई एयरपोर्टमा एक जनाको मृत्यु

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले शनिबार इरानले

कराचीको अमेरिकी दूतावासमा आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा