र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए « Khabarhub

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल र्‍याडिसनमा अनुगमन गर्‍यो । 

विभागका अनुसार अनुगमनका क्रममा केही सिलिण्डर प्रयोग गरिरहेको अवस्थामा र केही सिलिण्डर स्टकमा राखिएको थियो । जुन अस्वाभाविक थिएन  ।

तर, त्यही विषयलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार स्टन्टका रूपमा प्रयोग गर्‍यो ।

विभागको अनुगमन गरेको विषयलाई लिएर मन्त्रालयले उक्त पाँच तारे होटेलले १८४ वटा ग्यास सिलिण्डर लुकाएर राखिएको अवस्थामा फेला पारिएको भन्दै सूचना जारी गर्‍यो । जुन विषय आमसञ्चार र सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण भइसकेपछि सरकारको धेरैले आलोचना गरेका छन् ।

मन्त्रालयले जारी गरेको सूचनामा र्‍याडिसन होटेलमा ७० वटा सिलिण्डर जोड्दै गरेको अवस्थामा पाइएको पनि जनाइएको छ । तर, उपभोक्ताका लागि बजारमा ग्यासको अभाव भइरहेको बेलामा होटेलले ठूलो परिमाणमा ग्यास मौज्दात राखेको विषयमा कारबाही गर्ने तयारी भएको पनि मन्त्रालयले जनाएको छ ।

तर, विभागका एक अधिकारीले उक्त होटेलले प्रयोग गर्ने र मौज्दात गर्ने गरेको ग्यास सिलिण्डरको संख्या अस्वाभाविक नभएको र विगतमा त्यही संख्यामा खरिद गर्ने गरेको बताएका छन् । 

खबरहबसँग कुरा गर्दै उनले मन्त्रालयले जारी गरेको सूचनाको विषयमा आफूलाई जानकारी नभएको पनि बताए ।

‘अनुगमनका क्रममा १८४ वटा ग्यास सिलिण्डर स्टकको अवस्थामा र ७० वटा सिलिण्डर चुल्होमा जोडेको अवस्थामा पाइएको थियो, हामीले डिलरमा बुझ्दा पनि त्यो मात्रामा उक्त होटेलले सिलिण्डर विगतदेखि नै प्रयोग गर्ने गरेको रहेछ, यसपटक बढी खरिद गरेको भन्ने पाइएन’, विभागका अधिकारीले भने ।

यसका साथै, सरकारले अहिलेसम्म खाना पकाउने ग्यास सिलिण्डर कुन क्षेत्रले कति स्टक राख्न पाउने भन्ने वा कति धेरै वा कति धेरै भन्ने विषयमा कुनै कानुनी व्यवस्था पनि गरेको छैन । 

तर, विभागले अनुगमन गरेपछि होटेल एसोसिएसन नेपाल (हान)ले बिहीबार नै विभागसँग छलफल गरेर होटेलले प्रयोग गर्ने ग्यास र होटेलमा राख्नुपर्ने स्टकको विषयमा नयाँ कार्यविधि बनाउन सहमति भएको छ ।

‘आज नै हामीले विभागसँग छलफल गरेर हामीले प्रयोग गर्ने ग्यास र कति ग्यास सिलिण्डर राख्न पाउने भन्ने विषयमा एउटा कार्यविधि बनाऊँ भनेर प्रस्ताव गर्‍यौँ, उहाँहरूले त्यो दिशामा अगाडि बढ्ने भन्नुभएको छ’, हानका महासचिव साजन शाक्यले भने ।

शाक्यले अहिले पाँचतारे होटेलमा दैनिक ३०/४० वटा समेत ग्यास सिलिण्डर प्रयोग हुनसक्ने र सो अनुपातमा हेर्दा होटेल र्याडिसनमा ३/४ दिनलाई मात्रै पुग्ने ग्यास रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ६ : ४६ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत