देउवाकै अगाडि कांग्रेस कार्यकर्ताको नाराबाजी– हनुमान नेता चाहिँदैन « Khabarhub

देउवाकै अगाडि कांग्रेस कार्यकर्ताको नाराबाजी– हनुमान नेता चाहिँदैन


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) भित्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् ।

शुक्रबार पदाधिकारी बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका देउवाले आफ्नै कार्यकर्ताको विरोध र नाराबाजीको सामान गर्नु परेको हो ।

आगामी मंसिर १४ गते देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने, भातृ संगठनको विवाद समाधान गर्ने लगायत एजेण्डामा छलफल गर्न शुक्रबार दिउँसो १ बजेका लागि पदाधिकारीहरुको बैठक बोलाइएको थियो ।

तर, पार्टी कार्यालयमा नै कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्न थालेपछि तोकिएको समयमा बैठक नै शुरु हुन सकेन ।

सभापति देउवा पुग्दा कार्यकर्तालेहरुले ‘विधान मिच्न पाइँदैन, टीके प्रथा चाहिँदैन, हनुमान नेता चाहिँदैन…’ लगायत नारा लगाएका थिए ।

आफू पुग्दा कार्यकर्ताहरुले नारा लगाएको देखेर आक्रोशित भएका देउवाले जंगिदै कार्यकर्ताहरुलाई ‘यो के गरेको ?’ भनेर आक्रोश पोखेका थिए ।

नेवि संघभित्र अहिले उमेर विवादले उग्र रुप लिएको छ । नेता कृष्ण सिटौला पक्षधर कार्यकर्ताहरुले ३२ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई नेविसंघको नेतृत्वमा ल्याइए आमरण अनसन बस्ने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ३ : २० बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण