माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत « Khabarhub

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना जिल्ला तथा प्रदेशस्तरीय नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपाबाट एकजना पूर्वकेन्द्रीय सदस्य पनि एमालेमा प्रवेश गरेका छन् ।

एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितलाई आइतबार एमालेमा स्वागत गरियो ।

माओवादीका पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सदस्यहरू र काठमाडौं उपत्यकाका विभिन्न कमिटीमा सक्रिय उनीहरूलाई आइतबार एमालले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादलसहितले स्वागत गरे।

एमालेका युवा नेता तथा बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य नारायणप्रसाद सापकोटासहितले उनीहरूलाई एमालेमा भित्र्याएका हुन् ।

यसरी एमालेमा प्रवेश गर्नेहरूमा नेकपाबाट १० जना र रास्वपाबाट १ जना रहेका छन् । एमालेमा प्रवेश गर्नेमा नेकपाका दुई जना बागमती प्रदेश कमिटी सदस्य र चारजना काठमाडौं जिल्ला कमिटी सदस्य छन् ।

उता तीनजना टोखा नगर कमिटी सदस्य पनि एमालेमा प्रवेश गरेका छन् । एमालेको यात्रा थाल्नेमा एकजना राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश कमिटी सदस्य पनि छन् । रास्वपा बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र रेग्मीलाई पनि बादलले एमालेमा स्वागत गरे ।

को-को प्रवेश गरे ?

१. रवि गौतम ‘प्रभात’, माओवादी पूर्वकेन्द्रीय सदस्य
२. राम कुमार थापा, बागमती प्रदेश कमिटी सदस्य एवम् तारकेश्वर नगर इन्चार्ज
३. भूषण महर्जन, बागमती प्रदेश कमिटी सदस्य
४. प्रकाश भण्डारी, काठमाडौं जिल्ला कमिटी सदस्य
५. श्याम भण्डारी, काठमाडौं जिल्ला कमिटी सदस्य
६. सीता अधिकारी, काठमाडौं जिल्ला कमिटी सदस्य
७. शंकर अधिकारी, काठमाडौं जिल्ला कमिटी सदस्य
८. संगम वैद्य, टोखा नगर कमिटी सदस्य
९. राजु लामा, टोखा नगर कमिटी सदस्य
१०. प्रकाश लामा, टोखा नगर कमिटी सदस्य
११. राजेन्द्र रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी, बागमती प्रदेश कमिटी सदस्य

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ०६ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा