काठमाडौं– निकै उतारचढावबीच कारोवार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ ।
शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन ७० हजार ५०० मा खरीद बिक्री भएको थियो ।
त्यसैगरी तेजाबी सुनको मूल्य पनि ७०० ले वृद्धि भएर प्रतितोला ७० हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार २०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएर प्रतितोला ८७० पुगेको छ ।
पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ । कात्तिक १ गते छापावाला सुन प्रतितोला ७० हजार ६०० र तेजाबी सुन ७० हजार ३०० मा खरीद बिक्री भएको थियो ।
प्रतिक्रिया