‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’ « Khabarhub

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गर्नेहरुबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य भएको बताएका छन् ।

आइतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिस्पर्धा हुने अपेक्षा आफूले गरे पनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताएका हुन् । 

आफूले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै, अर्कोले पनि सपना देखेको होला भन्ने आफ्नो अपेक्षा यस पटक चुनावमा हुन नपाएको उनको भनाइ छ ।

त्यस्तै सभापति थापाले अहिलेको चुनाव विशेष परिस्थितिमा हुन लागेकाले जो जिते पनि हारे पनि नेपाल हार्न नहुने भन्दै उत्तेजनाको भाषा नबोल्न आग्रह गरे ।

जेन-जी आन्दोलनमा शहादत प्राप्त गरेका छोराछोरीका आमाबुबालाई कम्तीमा देश सुशासनको बाटोमा हिँडेको भन्ने भरोसा दिलाउन सक्नुपर्ने उनले बताए । 

सभापति थापाले देशलाई भ्रष्टाचारमुक्त बनाएर सुशासन कायम गर्नका लागि कांग्रेस नेतृत्वको पहिलो सरकारले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने धारणा राखे  ।

अहिले सामाजिक सञ्जालमा चलेको हल्लालाई आफूले अस्वाभाविक नमान्ने भन्दै उनले सामाजिक सञ्जाल घृणाको भाषा बोल्नेको पक्षमा हुने संसारभर देखिएको बताए । 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : २६ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी