सेनाले भन्यो- निर्वाचन सुरक्षित सम्पन्न गराउँछौँ, मतपेटिका ढुवानीसम्म सुरक्षा दिन्छौँ « Khabarhub

सेनाले भन्यो- निर्वाचन सुरक्षित सम्पन्न गराउँछौँ, मतपेटिका ढुवानीसम्म सुरक्षा दिन्छौँ


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विसं २०४८को प्रतिनिधिसभा निर्वाचनदेखिका सबै निर्वाचनमा नेपाली सेना परिचालन भई मतपत्र छपाई स्थलको सुरक्षा, मतपत्र ढुवानी र मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह गर्दै आएको स्पष्ट गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले आज विज्ञप्ति जारी गरेर काठमाडौंबाट देशका सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचनको दौरान तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्नुका साथै निर्वाचन सम्पन्न भएपछि संयुक्त टोलीले सुरक्षा प्रदान गरी मतपेटिकालाई मतगणना स्थलसम्म पुर्‍याउने जिम्मेवारी निर्वाह हुँदै आएको जनाएको हो । 

विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि निर्वाचनको क्रममा मतदान सम्पन्न भएपछि स्थापित ‘प्रोटोकल’ अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि एवं नेपाली सेनासहितको एकीकृत टोलीले मतदान स्थलबाट मतपेटिका ढुवानी गर्ने कार्य हुने विज्ञप्तिमा जनाइएको छ ।

नेपाली सेना एकीकृत सुरक्षा योजनाअनुसार सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरी आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ । निर्वाचन सुरक्षा व्यवस्थाका सबै कार्य ‘प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४’ तथा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सञ्चालन भइरहेको छ ।
 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : ०५ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी