निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ « Khabarhub

निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायसँग समन्वय र सहकार्य गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ।

जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन सुरक्षासम्बन्धी सम्पूर्ण कार्य ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४’ र ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ अनुसार सञ्चालन भइरहेको उल्लेख छ।

मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकल बमोजिम नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि र नेपाली सेना सम्मिलित एकीकृत टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ढुवानी गर्ने जंगी अड्डाले जनाएको छ ।

सेनाले वि.सं. २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि हालसम्म सम्पन्न सबै निर्वाचनमा सुरक्षा जिम्मेवारी निर्वाह गर्दै आएको स्मरण गराएको छ।

सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौंबाट सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचन अवधिभर तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्ने तथा निर्वाचनपछि संयुक्त टोलीमार्फत् मतपेटिका मतगणना स्थलसम्म पुर्‍याउने कार्य गर्दै आएको जनाएको छ।

सेनाले आसन्न निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन सबै पक्षसँग सहकार्य जारी रहने जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : १७ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन