पहिलोपटक नेपाली चेली बनिन् अमेरिकी सेनाको मेजर « Khabarhub

पहिलोपटक नेपाली चेली बनिन् अमेरिकी सेनाको मेजर


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मूलकी महिला ‘पहिलोपटक’ अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल भएकी छन् ।

नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा पुगेकी हुन् ।

अमेरिकाको डालसमा बस्दै आएकी रिमाल १८ वर्षको उमेरमा हाइस्कूलको अध्ययन पूरा गरेर अमेरिकी सेनामा भर्ना भएकी थिइन् ।

रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुगेकी थिइन् ।

अमेरिकी सेनाको मेजरमा पुगेकी समृद्धिले एक कुराकानीमा आफूलाई पहिले सेनामा भर्ना भएर के गर्ने भन्ने केही पनि थाहा नभएको बताएकी छन् । तर, एक महिला सैनिकसँगको भेटवार्तापछि आफूलाई पनि सेनामा रहेर काम गर्ने जोश चलेको उनको भनाइ छ ।

कामको सिलसिलमा अफगानिस्तान पुगेको पनि समृद्धिले सुनाइन् । समृद्धिले अफगानिस्तानमा रहँदा त्यहाँका बच्चाहरुसँग भएको भेटलाई आफ्नो जीवनको खुसीको एक महत्वपूर्ण पलको रुपमा अथ्र्याइन् ।

आफू सन् २००५ मा छोटो समयका लागि नेपाल आएको समृद्धिको भनाइ छ । त्यसयता भने कार्यव्यस्तताका कारण नेपाल आउन नसकेको उनले सुनाइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ४ : ५१ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात