पहिलोपटक नेपाली चेली बनिन् अमेरिकी सेनाको मेजर « Khabarhub

पहिलोपटक नेपाली चेली बनिन् अमेरिकी सेनाको मेजर


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मूलकी महिला ‘पहिलोपटक’ अमेरिकी सेनाको माथिल्लो तहमा पुग्न सफल भएकी छन् ।

नेपाली चेली समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा पुगेकी हुन् ।

अमेरिकाको डालसमा बस्दै आएकी रिमाल १८ वर्षको उमेरमा हाइस्कूलको अध्ययन पूरा गरेर अमेरिकी सेनामा भर्ना भएकी थिइन् ।

रिमाल ११ वर्षको उमेरमा परिवारका साथ अमेरिका पुगेकी थिइन् ।

अमेरिकी सेनाको मेजरमा पुगेकी समृद्धिले एक कुराकानीमा आफूलाई पहिले सेनामा भर्ना भएर के गर्ने भन्ने केही पनि थाहा नभएको बताएकी छन् । तर, एक महिला सैनिकसँगको भेटवार्तापछि आफूलाई पनि सेनामा रहेर काम गर्ने जोश चलेको उनको भनाइ छ ।

कामको सिलसिलमा अफगानिस्तान पुगेको पनि समृद्धिले सुनाइन् । समृद्धिले अफगानिस्तानमा रहँदा त्यहाँका बच्चाहरुसँग भएको भेटलाई आफ्नो जीवनको खुसीको एक महत्वपूर्ण पलको रुपमा अथ्र्याइन् ।

आफू सन् २००५ मा छोटो समयका लागि नेपाल आएको समृद्धिको भनाइ छ । त्यसयता भने कार्यव्यस्तताका कारण नेपाल आउन नसकेको उनले सुनाइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ४ : ५१ बजे

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक