इरानले भन्यो– नयाँ नेता चयन प्रक्रिया सुरु भयो « Khabarhub

इरानले भन्यो– नयाँ नेता चयन प्रक्रिया सुरु भयो


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास आराघचीले देशले संवैधानिक प्रक्रिया सुरु गरिसकेको बताएका छन् । संक्रमणकालीन परिषद् स्थापना गरिएको, जसले राज्यका मामिलाहरू व्यवस्थापन गर्ने भनी अलजजिरालाई बताएका छन् ।

‘हामीलाई आफ्नो रक्षा गर्नका लागि कुनै प्रतिबन्ध वा सीमा छैन,’ अब्बास आराघचीले भने । इरानी विदेशमन्त्री आराघचीले अलजजिरालाई सर्वोच्च नेताको हत्या अत्यन्त गम्भीर र अभूतपूर्व कार्य भएको तथा यो अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन भएको बताएका छन् ।

सर्वोच्च नेताको हत्याले यो टकराबलाई अझ जटिल र खतरनाक बनाउने उनले बताए । इरानी विदेशमन्त्रीले सबैकुरा व्यवस्थित रहेको र संवैधानिक प्रक्रियाहरू जारी रहेको बताएका छन् ।

अब्बास आराघचीले अलजजिरासँगको अन्तर्वार्तामा अली खामेनीईको हत्यापछिको चयन प्रक्रियाबारे जानकारी दिँदै इरानको संविधानमा स्पष्ट प्रक्रिया तोकिएको र उक्त प्रक्रिया अहिले सुरु गरिएको बताएका छन् ।

उनले आज संक्रमणकालीन परिषद् स्थापना भएको र यसमा राष्ट्रपति, न्यायपालिका प्रमुख तथा गार्डियन काउन्सिलका एक कानुनविद् सम्मिलित रहेको बताए । यो तीन सदस्यीय समूहले नयाँ नेता चयन नभएसम्म नेतृत्वको जिम्मेवारी सम्हाल्ने उनले बताए ।

त्यसपछि ‘विज्ञहरूको सभा’ द्वारा नयाँ नेता चयन गर्ने प्रक्रिया सुरु हुने जानकारी पनि उनले दिए । उनका अनुसार, उक्त प्रक्रिया छोटो समयमै पूरा हुने र एक वा दुई दिनमै देशका लागि नयाँ नेता चयन गरिनेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : १४ बजे

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व

मधेश प्रदेशको बजेट आकार ४१ अर्ब १३ करोड ८६ लाख

काठमाडौं– मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४१ अर्ब

गर्मी बढेसँगै सर्प दंशका बिरामी बढे

जलेश्वर– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने