नेपालको संस्कृति संसारकै अनुकरणीय : राष्ट्रियसभा अध्यक्ष दाहाल « Khabarhub

नेपालको संस्कृति संसारकै अनुकरणीय : राष्ट्रियसभा अध्यक्ष दाहाल


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विविधतासहितको एकतामा आधारित नेपाली समाज र संस्कृति संसारकै निम्ति अनुकरणीय र प्रेरणादायी रहेको बताएका छन् ।

होली पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विशेषतामा आधारित देश, समाज र संस्कृतिलाई थप समुन्नत बनाई राष्ट्रिय एकता र सद्भावलाई सुदृढ गर्नु सबै नेपालीको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

सन्देशमा अध्यक्ष दाहालले भनेका छन्, ‘यस पर्वले हामी सबैलाई आपसी सद्भाव, भ्रातृत्व एवम् विविध रङ्गको मिश्रणजस्तै एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।’

फागुपूर्णिमा (होली) नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वमध्ये महत्वपूर्ण पर्व भएको स्पष्ट पार्दै अध्यक्ष दाहालले पूर्वीय सभ्यता, दर्शन, चिन्तन परम्परा, मौलिक संस्कृति र विविध पर्वका दृष्टिले हामी धेरै सम्पन्न रहेको बताए ।

‘हामी यतिबेला प्रतिनिधिसभा सदस्य निर्वाचनको सङ्घारमा छौँ । गत भदौमा भएको जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिपछि यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ,’ अध्यक्ष दाहालले सन्देशमा भनेका छन्, ‘होली पर्वमा व्यक्त हुने आपसी सद्भाव, भ्रातृत्व र उत्साहझैँ निर्वाचनलाई पनि उत्सवकै रुपमा सम्पन्न गर्न सबैको इमान्दार र सकारात्मक पहल हुने मैले विश्वास लिएको छु ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ७ : ०४ बजे

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले

‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’

काठमाडौं– पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु