कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने « Khabarhub

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते दिउँसो १ बजे बस्ने भएको छ।

कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जारी गरेको सूचनाअनुसार बैठक कोशी प्रदेशसभा परिसर, कटहरीमा बस्नेछ। यसअघि गत असार २४ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो।

प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभा सदस्यहरूको जानकारीका लागि सभामुख अम्बरबहादुर विष्टले बैठक आह्वानसम्बन्धी सूचना प्रकाशित गरेको सचिव खड्काले जानकारी दिए।

नवौँ अधिवेशनको पहिलो बैठकदेखि २२औँ बैठकसम्म विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन हुँदै आएको थियो। त्यसअघि भने प्रदेशसभा बैठक जिल्ला समन्वय समितिको परिसरभित्र निर्माण गरिएको भवनबाट सञ्चालन हुँदै आएको थियो।

आगामी बैठक भने कटहरीस्थित कोशी प्रदेशसभा परिसरमा सञ्चालन हुने भएको हो।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ५ : ४७ बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि