‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा « Khabarhub

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल, जातजाति, भाषा, धर्म, चाड, पर्व, कला, संस्कृति, परम्परा र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान भएको बताएका छन् ।

फागु पर्वको अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना दिँदै उनले नेपाली समाजमा मनाइने विविध सांस्कृतिक तथा ऐतिहासिक महत्वका चाडपर्वहरूमध्ये फागु पूर्णिमा (होली) आपसी प्रेम र एकताको एक विशिष्ट पर्व भएको उल्लेख गरेका छन् ।

रङ्गहरूको उत्सवका रूपमा मनाइने फागु पूर्णिमा (होली) ले नेपाली समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उजागर मात्र नगरेर राष्ट्रिय एकताको सन्देश पनि दिने सभापति थापाको भनाइ छ ।

उनले भनेका छन्, ‘विविध रङ्गहरूजस्तै हाम्रो समाज पनि विविधतापूर्ण छ र यही विविधता बीचको एकता नै नेपालीको विशिष्ट पहिचान हो ।’

उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिने फागु पर्वले पारिवारिक स्नेह, आपसी मेलमिलाप, सहिष्णुता र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन सबैलाई प्रेरणा प्रदान गर्ने बताएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ– ‘यसपटक फागु पूर्णिमासँग हामी प्रतिनिधि सभा सदस्य निर्वाचन लोकतान्त्रिक अभ्यासको एक महत्वपूर्ण उत्सवको सम्मुखमा छौँ । निर्वाचन सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु । लोकतन्त्रलाई संस्थागत गर्न र समुन्नत राष्ट्र निर्माणका लागि फागुन २१ को निर्वाचनमा उत्साहपूर्वक सहभागी भई आफ्नो मत प्रकट गर्न सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु ।’

सभापति थापाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको फागु पूर्णिमा (होली) ले सबैको घर–परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना शुभकामना व्यक्त गरेका छन् ।

नेपालको हिमाली र पहाडी क्षेत्रमा फागुन १८ गते तथा तराईमा फागुन १९ गते अत्यन्त उत्साहका साथ एक–अर्कालाई रङ्ग लगाई खुसी साटासाट गर्दै फागु पर्व मनाइँदै छ । 

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ८ : ४२ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या