वीर अस्पतालद्वारा निर्वाचन लक्षित स्वास्थ्य आपतकाल व्यवस्थापन समिति गठन  « Khabarhub

वीर अस्पतालद्वारा निर्वाचन लक्षित स्वास्थ्य आपतकाल व्यवस्थापन समिति गठन 


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले स्वास्थ्य आपतकालीन समिति गठन गरेको छ । 

अस्पतालका आकस्मिक विभागका विभागीय प्रमुख डा. सुरेश प्रसाद नेपालको संयोजकत्वमा रहेको सो टोलीमा २४ जना चिकित्सक, अस्पताल नरसिङ्ग प्रमुख र फार्मेसी प्रमुख गरी २६ जना रहने अस्पतालले जनाएको छ । 

निर्वाचन अवधीमा हुनसक्ने घटनाबाट आइपर्ने स्वास्थ्य आपतकाल व्यवस्थापन गर्नको लागि केन्द्रिय अस्पताल भएकाले पूर्व तयारी स्वरुप यो समिति गठन गरिएको वीर अस्पतालका निर्देशक प्रा.डा दिलिप शर्माले जानकारी दिए ।

टोलीमा डा.मीन चन्द्र अधिकारी, डा. विनोद श्रेष्ठ, डा. अनिष जोशी, प्र.अ.न. सीता श्रेष्ठ, डा.सुधायु के.सी र डा. ऋतु प्रधान लगायत २६ जना सदस्य रहेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  १२ : ३३ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत