कोहलपुर पेस्तोल प्रकरणमा प्रहरीकै संलग्नता रहेको आशंका, विवादास्पद अडियोसँगै भिडियो भाइरल | Khabarhub Khabarhub

कोहलपुर पेस्तोल प्रकरणमा प्रहरीकै संलग्नता रहेको आशंका, विवादास्पद अडियोसँगै भिडियो भाइरल


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाहसहित ६ जना पेस्तोलसहित पक्राउ परेको विषयमा प्रहरीकै संलग्नता रहेको रहस्य खुलेको छ ।

निजी सवारीको सिटमुनी लुकाइ रहेको अवस्थामा दुई वटा गोली लोड गरिएको अमेरिकन पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाए पनि घटनामा प्रहरीको नै संलग्नता रहेको अडियो र भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै तरुण दलले आफ्ना कार्यकर्ताहरुको संलग्नता नभई जबरजसती फसाउन खोजिएको आरोप लगाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नागरिकलाई फसाउँने षडयन्त्र गर्ने प्रहरी अधिकारीहरुमाथि छानबिन हुनुपर्ने माग गरेका छन्।

सार्वजनिक भएको अडियो र भिडियोमा प्रहरी नायब उपरिक्षक (डिएसपी) हेमबहादुर शाही स्वंय संलग्न रहेको देखिएको छ । भिडियो तथा अडियोबाट प्रहरी नायब उपरीक्षक शाहीले तरुण दलका कार्यकर्तालाई फसाउन खोजेको स्पष्ट हुन्छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा डीएसपी शाहीले अर्का प्रहरीलाई अपशब्द बोलेको पनि स्पष्ट सुन्न सकिन्छ । व्यक्तिगत रिसिबी साँध्न प्रहरी नायब उपरिक्षकले तरुण दलका नेतालाई फसाएको तरुण दलको आरोप छ ।

घटनामा प्रहरीकै संलग्नता भएको आरोप लगाउँदै तरुण दलले गाडीमा फेला पारिएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट जाँचको माग समेत गरेको छ। अडियोमा प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले दशैको बेला खसी मागेको प्रष्ट सुन्न सकिन्छ ।

तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग डीएसपी शाहीले दशैंको बडाभोज गर्न खसी मागेका थिए । खसी नदिइएपछि डीएसपी शाहीले फसाउनका लागि यस्तो प्रपञ्च रहेको तरुणदलको आरोप छ ।

खसी नदिएपछि खड्कालाई डीएसपी शाहीले धम्की समेत दिएको तरुणदलले जनाएको छ । सोही धम्कीका कारण खड्का जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा समेत पुगेको तरुण दलले जनाएको छ ।

डीएसपी शाहीले तरुण दलका जिल्ला नेतृत्वलाई ‘टार्गेट’ गरी फसाउँने योजना बनाएको तरुण दलको आरोप छ । डीएपी शाहीले नेपालगञ्जका नगर सभापति शाहीलाई समेत फोन गरेर आफ्नो नजरमा परेको भन्दै धम्क्याएको फोन रेकर्ड समेत सार्वजनिक अडियोबाट सुन्न सकिन्छ ।

उक्त अडियोमा नायब उपरीक्षक शाहीले आफ्नो सरुवा गर्न लागिपरेको भन्दै फोनमा धम्क्याएका छन् ।

प्रहरीले नमस्ते रिसोर्टको पूर्वतर्फ पार्किङ गरिरहेको बा१८च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँतर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित ६ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ६ : २७ बजे

सिन्धुपाल्चोकको माथिल्लो जलाधार क्षेत्रमा मनसुनको प्रभाव कमजोर

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक र सोको

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी

पर्यापर्यटन विकास गर्न हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको

सुशासनका लागि स्थायी सरकार आवश्यक : सभापति खतिवडा

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका

नयाँदिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै