रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो « Khabarhub

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा प्रयोग भएको गाडीमा राखिएको मदिराको कार्टुन र चामल अर्कैको भएको जवाफ दिएको छ।

सामाजिक भ्रम फैलिएको भन्दै रास्वपाले भ्रम छरिएको बताएको छ। ‘नयाँ पार्टीको प्रचार–प्रसारका लागि सल्ली बजारमा रक्सी र चामलसहित गाडी हिँडाएको’ भन्ने विषय भ्रमपूर्ण र आधारहीन रहेको छ’, रास्वपाले भनेको छ।

विज्ञप्तिमा पार्टीको उत्पत्ति सामान्य सोच र विचारबाट नभई देशमा गलत अभ्यास परिवर्तन गरेर सही अभ्यासतर्फ अगाडि बढाउने उद्देश्यले भएको जिकिर गरिएको छ। पार्टीले देशमा शासन गरिरहेका कतिपय पार्टीका व्यक्तिगत स्वार्थले यस्तो भ्रामक समाचार फैलाएको जिकिर गरेको छ।

सोमबार चुनाव प्रचारमा लगिएको गाडीमा रहेको मदिरा र चामलजन्य सामग्री पार्टीको नभएको जिकिर सभापति लोकेन्द्र ओलीले गरेका छन् ।

उक्त सामग्री ढुवानी पार्टीको पहल वा संलग्नतामा नभई गाडीको साहुले व्यक्तिगत वा स्थानीय व्यवसायीको सहयोगार्थ मात्र ढुवानी गरेको उनले बताए । पार्टीले प्रशासनसँग सहकार्य गर्दै घटनाको वास्तविकता छानबिन गर्न तयार रहेको समेत जनाएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ३ : ०१ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री