रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो « Khabarhub

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा प्रयोग भएको गाडीमा राखिएको मदिराको कार्टुन र चामल अर्कैको भएको जवाफ दिएको छ।

सामाजिक भ्रम फैलिएको भन्दै रास्वपाले भ्रम छरिएको बताएको छ। ‘नयाँ पार्टीको प्रचार–प्रसारका लागि सल्ली बजारमा रक्सी र चामलसहित गाडी हिँडाएको’ भन्ने विषय भ्रमपूर्ण र आधारहीन रहेको छ’, रास्वपाले भनेको छ।

विज्ञप्तिमा पार्टीको उत्पत्ति सामान्य सोच र विचारबाट नभई देशमा गलत अभ्यास परिवर्तन गरेर सही अभ्यासतर्फ अगाडि बढाउने उद्देश्यले भएको जिकिर गरिएको छ। पार्टीले देशमा शासन गरिरहेका कतिपय पार्टीका व्यक्तिगत स्वार्थले यस्तो भ्रामक समाचार फैलाएको जिकिर गरेको छ।

सोमबार चुनाव प्रचारमा लगिएको गाडीमा रहेको मदिरा र चामलजन्य सामग्री पार्टीको नभएको जिकिर सभापति लोकेन्द्र ओलीले गरेका छन् ।

उक्त सामग्री ढुवानी पार्टीको पहल वा संलग्नतामा नभई गाडीको साहुले व्यक्तिगत वा स्थानीय व्यवसायीको सहयोगार्थ मात्र ढुवानी गरेको उनले बताए । पार्टीले प्रशासनसँग सहकार्य गर्दै घटनाको वास्तविकता छानबिन गर्न तयार रहेको समेत जनाएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ३ : ०१ बजे

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’  

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय