मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने « Khabarhub

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न साना दलका उम्मेदवारहरूले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ डा. कोइरालालाई सहयोग गर्ने र समानुपातिकतर्फ आफ्नै दललाई मत दिने निर्णय गरेका छन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समूहका राम खत्रीले पनि डा. कोइरालालाई सघाउने प्रतिबद्धता जनाउँदै आफ्नो उम्मेदवारी निर्वाचन आयोगमा फिर्ता लिएका छन्।

उनीहरूले लोकतन्त्र र देशका हितका लागि डा. शेखर कोइरालाको जित आवश्यक भएको निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ३४ बजे

अब्राहम लिङ्कन विमानवाहक पोतमा के भएको हो ?

वाशिङ्टन- अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनभित्रको अवस्थालाई लिएर

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा– बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग,

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान