मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने « Khabarhub

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न साना दलका उम्मेदवारहरूले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारूले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रत्यक्षतर्फ डा. कोइरालालाई सहयोग गर्ने र समानुपातिकतर्फ आफ्नै दललाई मत दिने निर्णय गरेका छन्।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समूहका राम खत्रीले पनि डा. कोइरालालाई सघाउने प्रतिबद्धता जनाउँदै आफ्नो उम्मेदवारी निर्वाचन आयोगमा फिर्ता लिएका छन्।

उनीहरूले लोकतन्त्र र देशका हितका लागि डा. शेखर कोइरालाको जित आवश्यक भएको निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ३४ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री