काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’ भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएसँगै लामिछानेको फेसबुक गायब भएको हो।
लामिछानेका अन्य फेसबुक भए पनि भेरिफाइड फेसबुक गायब भएको हो। निर्वाचन अगाडि चुनावी प्रचारका लागि उपयोग भएको फेसबुकमा उनले सोमबार राति मत माग्दै भिडियो राखेका थिए। त्यसपछि भने लामिछानेको फेसबुक सर्च गर्दा देखिँदैन।












प्रतिक्रिया