पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक « Khabarhub

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ।

काठमाडौं स्थित उमोजा कपी सेन्टरमा आयोजित अनौपचारिक कार्यक्रममा पुस्तक विमोचन गरिएको हो।

कार्यक्रममा किताब प्रकाशन प्रा.लि. बुक हिलका सञ्चालक भूपेन्द्र खड्का, प्राध्यापक डा. जगत नेपाल, लेखक विराट अनुपम र शिलापत्रका प्रधानसम्पादक योगेश ढकाल लगायतले पुस्तकबारे धारणा राखे ।

२८७ पृष्ठको पुस्तकले वि.सं. २०१५ फागुन ७ गतेबाट सुरू भएको नेपालको पहिलो संसदीय निर्वाचनलाई साङ्गोपाङ्गो रूपमा विश्लेषण गरेको छ।

भूमिकामा डा. नेपालले त्यस समयको राजनीतिक अविश्वास र तनावको प्रसंग उठाउँदै तत्कालीन प्रधानमन्त्री बीपी कोइराला आफूविरुद्ध सम्भावित कदमको त्रासमा रहेको उल्लेख गरेका छन्।

पुस्तकमा राजा महेन्द्र र बीपीबीचको अविश्वासलाई देखाउने विभिन्न ऐतिहासिक प्रसंग समेटिएका छन्।

लेखक अनुपमले पुस्तकमा पहिलो संसदीय निर्वाचन प्रतिस्पर्धा, मुद्दा, उम्मेदवारको प्रोफाइल र चुनाव चिह्नका हिसाबले आजभन्दा कमजोर नभएको दाबी गरेका छन्। उनले त्यसबेला अपेक्षाकृत युवा सांसदहरूको उल्लेखनीय उपस्थिति रहेको पनि औंल्याएका छन्।

पुस्तकमा १०९ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, उनीहरूले प्राप्त गरेको मत परिणाम, छ दलका घोषणापत्रको पूर्णपाठ तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियासमेत समेटिएको छ।

यसका साथै मतदाता, उम्मेदवार, पत्रकार र बुथ प्रतिनिधिसँगका अन्तर्वार्तामार्फत ‘जीवित इतिहास’ प्रस्तुत गर्ने प्रयास गरिएको लेखकको भनाइ छ।

नेपाली राजनीतिमा चासो राख्ने पाठक, अध्येता र विद्यार्थीका लागि पुस्तक उपयोगी सन्दर्भ सामग्री हुने वक्ताहरूले बताएका छन्।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १ : ४८ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन