काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को « Khabarhub

काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी फुल्न थालेका छन् । लैनचौर, सिनामङ्गल र भृकुटीमण्डप क्षेत्रका सडक किनारा तथा पार्कमा फुलेका चेरीले सहरको सुन्दरतामा थप निखार ल्याएको छ ।

पछिल्लो समय सहरी सौन्दर्यीकरणका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा र सार्वजनिक उद्यानमा चेरीका बिरुवा रोपेको थियो । ती बिरुवाहरू छिप्पिएर फुल्न थालेपछि राजधानीको स्वरूप नै बदलिएको छ ।

चेरी फुल्न थालेसँगै सर्वसाधारणहरूको पनि ती स्थानमा भिड लाग्न थालेको छ । विशेषगरी युवायुवतीहरू फूलसँगै तस्बिर लिने र सेल्फी खिच्नमा व्यस्त देखिन्छन् ।

जापानको राष्ट्रिय फूलका रूपमा समेत परिचित चेरीले यतिबेला काठमाडौँलाई गुलाबी रङमा सजाउने काम गरिरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ११ : २५ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत