काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को « Khabarhub

काठमाडौँका सडक र पार्कमा चेरीको बैँस: सेल्फी खिच्नेको लर्को


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वसन्त ऋतुको आगमनसँगै यतिबेला काठमाडौँका विभिन्न स्थानमा चेरी फुल्न थालेका छन् । लैनचौर, सिनामङ्गल र भृकुटीमण्डप क्षेत्रका सडक किनारा तथा पार्कमा फुलेका चेरीले सहरको सुन्दरतामा थप निखार ल्याएको छ ।

पछिल्लो समय सहरी सौन्दर्यीकरणका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विभिन्न सडक किनारा र सार्वजनिक उद्यानमा चेरीका बिरुवा रोपेको थियो । ती बिरुवाहरू छिप्पिएर फुल्न थालेपछि राजधानीको स्वरूप नै बदलिएको छ ।

चेरी फुल्न थालेसँगै सर्वसाधारणहरूको पनि ती स्थानमा भिड लाग्न थालेको छ । विशेषगरी युवायुवतीहरू फूलसँगै तस्बिर लिने र सेल्फी खिच्नमा व्यस्त देखिन्छन् ।

जापानको राष्ट्रिय फूलका रूपमा समेत परिचित चेरीले यतिबेला काठमाडौँलाई गुलाबी रङमा सजाउने काम गरिरहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ११ : २५ बजे

राम्जाको गाउँदेखि काठमाडौँसम्म : सपनाको यात्रा तय गर्दै गायिका दीपिका पौडेल

‘तिमी राम्रो गाउँछौ, नाच्न पनि जान्दछौ।’यो एउटा सामान्य वाक्य जस्तो

४० वर्षदेखिको उद्योग बक्यौता उठ्न थाल्यो, ५१ करोडभन्दा बढी असुल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि ४०

रोल्पाको थबाङमा पहिरो: तीन जनाको मृत्यु, दुई घाइते र नाै जना बेपत्ता

रोल्पा – रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।