रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए « Khabarhub

रास्वपाका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिए


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका अर्का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका छन् ।

सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका हुन् ।

यसअघि उक्त सूचना केन्द्रको कालोसूचीमा ८ पटकसम्म परेको भेटिएपछि निर्वाचन आयोगले मंगलबार धनुषा क्षेत्र नम्बर–१ बाट रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिदिएको थियो ।

अब सर्लाही ३ का उम्मेदवार पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा भेटिएका हुन् ।

कर्जा सूचना केन्द्रले राखेको विवरणअनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते कालोसूचीमा राखिएको थियो ।

उक्त कालोसूची अहिले पनि यथावत छ । अर्थात्, उनले बैंकबाट लिएको कर्जा अझै फर्च्यौट गरेका छैनन् ।

कलवार ठेकेदार हुन् । उनले ठेक्का लिएर कयौँ विकास निर्माणका आयोजना अलपत्र पारेको आरोप पनि लागिरहेको छ।

कलवार २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार थिए । त्यसबेला उनी नेकपा एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरले हारेकाा थिए । उप्रेती जितेर एक पटक रक्षामन्त्री भए भने कलावर माओवादी छाडेर रास्वपातिर लागेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १ : ४२ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री