बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र « Khabarhub

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगकाअनुसार सबैभन्दा धेरै अस्थायी मतदान केन्द्र काठमाडौंमा छ वटा तोकिएका छन् । काठमाडौं जिल्लामा सात हजार ६८७ अस्थायी मतदाता कायम छन् ।

काठमाडौं महानगरपालिका–११ स्थित जगन्नाथ देवालयको केन्द्रीय कारागार, कामनपा वडा नं ३० स्थित डिल्लीबजार कारागार, नगार्जुन नगरपालिका–३ को सशस्त्र प्रहरी बलको कार्यालय, भद्रकाली मन्दिर तथा जिल्ला प्रशासन कार्यालयका भवनमा अस्थायी मतदान केन्द्र तोकिएका छन् । 

आयोगका अनुसार भक्तपुरमा दुई हजार ३०४, ललितपुरमा दुई हजार ५४९, काभ्रेपलाञ्चोकमा दुई हजार ४८१, मकवानपुरमा तीन हजार ३०७, चितवनमा तीन हजार १८५, नुवाकोटमा दुई हजार ९५६ र धादिङमा दुई हजार ८१८ अस्थायी मतदाता रहेका छन् ।

यसैगरी रसुवामा एक हजार पाँच, सिन्धुलीमा एक हजार ७७५, रामेछापमा दुई हजार ४२२, खोलखामा दुई हजार ३११ अस्थायी मतदाता रहेका छन् । 

देशभर १४३ ओटा अस्थायी मतदान केन्द्र तोकिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कारागार, सरकारी कार्यालय, सुरक्षा निकाय, अस्पताल तथा सार्वजनिक संस्थानमा कार्यरत मतदातालाई लक्षित गरी अस्थायी मतदान केन्द्र तोकिएको जानकारी दिए । 
 

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ६ : ५६ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम