स्वास्थ्य र सौन्दर्यका लागि यस्ता छन् जौका फाइदा | Khabarhub Khabarhub

स्वास्थ्य र सौन्दर्यका लागि यस्ता छन् जौका फाइदा


१६ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सवै खाद्यान्न बालीहरु मानव जीवनका लागि अत्यावश्यक हुने भए पनि जौ अझ बढी फाइदाजनक हुने चिकित्सकहरु बताउँछन् । धान, गहुँ, कोदाेमा भन्दा जौमा अझ बढी पोषक तत्व पाइने गर्छ ।

जौलाई ठण्डीको ओखती पनि मानिन्छ । यसले अनुहारमा जलन तथा डण्डिफोर आदिका रोगहरूबाट बचाउँदछ । जौमा इनोजिटाल पाइन्छ जसले कोलेस्टोलको मात्रालाई नियन्त्रित राख्दछ ।

यस्तै जौमा पर्याप्त मात्रामा सलुबल फाइबर प्राप्त हुन्छ जसले पाचन प्रणालीलाई एकदमै तन्दुरुस्त राख्दछ । विशेष गरी गर्मी महिनामा पेटको समस्याबाट बच्नका लागि मद्दत गर्दछ । साथै जौ को प्रयोगले एसिडिटी, जलन आदि समस्यामा पनि मद्दत गर्दछ ।

स्वास्थ्यका लागि फाइदा

–यसको प्रयोगले गर्मी महिनामा अल्छीपना हटाउन मद्दत गर्दछ ।
–यसमा पर्याप्त मात्रामा फाइबर हुने कारणले गर्दा शरीरमा कब्जियत जस्ता पेटका अन्य समस्याबाट बचाउँदछ ।
–यसमा हुने क्याल्सियम, पोटासियम, भिटामिन बी–कम्प्लेक्स तथा म्याग्नेसियम प्राप्त हुन्छ जसले गर्मीमा चक्कर लाग्ने, मन डराउने जस्ता सामान्य समस्याहरूका लागि फाइदाजनक हुन्छ ।
–यसले तनाव कम गर्न एकदमै मद्दत गर्दछ ।
–मधुमेह तथा ब्लड सुगर आदि समस्यामा यसको सेवनले शरीरम इन्सुलिनको मात्रा तथा ब्लड सुगरलाई नियन्त्रणमा राखी तन्दुरुस्त बनाउँदछ ।
–एक शोधले बच्चाहरूमा यसको प्रयोगले ५० प्रतिशत तौल कम गर्न मद्दत गर्ने निस्कर्ष समेत निकालेको छ ।

सौन्दर्यका लागि फाइदा

– जौले अनुहार कोमल र निखार बनाउँदछ । यसको प्रयोगले अनुहारमा एउटा छुट्टै चमक दिन मद्दत गदर्छ ।
– छालाको एलर्जीलाई यसले टाढा नै राख्नुका साथसाथै अनुहारको जलनबाट बचाउँदछ । यसलाई पानीमा पेस्ट बनाई अनुहार सफा गर्नाले अनुहारमा कोमलता ल्याउँदछ ।

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार  ९ : ३२ बजे

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा गरिँदै : धातुजन्य उपकरणको पूजा

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज १ गते बुधबार। कन्या