काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार उम्मेदवार रञ्जु दर्शना १० दिने शिशु बोकेरै मतदान गर्न पुगेकी छन् ।
चुनाव प्रचार प्रसारकै क्रममा १० दिनअघि फागुन २१ गते काठमाडौंको निजामती अस्पतालमा छोरो जन्माएकी उनी शिशुसहित मतदान केन्द्र पुगेकी हुन् ।
उनले काठमाडौं महानगरपालिका वडा नम्बर ३ बाट काठमाडौं क्षेत्र नम्बर ५ मा मतदान गरेकी हुन् । उनी काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छिन्।
काठमाडौं १ मा उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रसहितसँग प्रतिस्पर्धा गर्दैछिन् ।













प्रतिक्रिया