बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार « Khabarhub

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई वटा मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरूले यसपटकको निर्वाचन बहिष्कार गरेका छन् । 

दाङ जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले दिउँसो २ : ५० बजेसम्म पनि मध्यवर्ती बबई गाउँपालिकामा वडा नम्बर ७ को देउती मावि मलई मतदान केन्द्र र सोही पालिकाको वडा नम्बर १ को जनता मावि जिला मतदान केन्द्रमा मतदाता मतदान गर्न आएका छैनन् ।

पुनका अनुसार सो क्षेत्रका मतदाता मतदान गर्न नआएपनि उनीहरूले मतदान केन्द्रमा खटिएका कर्मचारीलाई पनि कुनै अवरोध गरेका छैनन् । 

बाँके राष्ट्रिय निकुञ्जको जंगली जनावरबाट पीडित बन्दै गएपछि त्यहाँका स्थानीय बासिन्दाले लामो समयदेखि आफूहरूको बस्ती स्थानान्तरणको माग गर्दै आएका थिए । 

तर, सरकार र राजनीतिक कुरा नसुनेपछि उनीहरूले यसपटकको निर्वाचन बहिष्कार गरेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ३ : ०२ बजे

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ