परिवर्तनको आशा बोकेर मतदान « Khabarhub

परिवर्तनको आशा बोकेर मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गरेकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गरे भन्ने ठ्याक्कै सम्झना छैन ।

एउटै कुराको सम्झना भने उहाँलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन् । कतिपय त फर्केर पनि आएनन् ।  ‘अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,’ उनले भनिन्, ‘हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाऊन् भन्ने चाहना छ ।’ 

उनकी नातिनी विदेशमा छिन्। रेग्मीलाई लाग्छ देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता विदेश जान बाध्य हुने थिएनन् । ‘देशमै काम पाइयो भने किन विदेश बस्नुपथ्र्यो र ?’ उनी प्रश्न गर्छिन्।

डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक रुपमा लिएका छैनन्। उनी देशमा केही काम भएको मान्छन्, तर जनताको अपेक्षाअनुसार पर्याप्त भने हुन सकेको छैन ।

‘धेरै पटक मतदान गरियो । विगतमा केही पनि भएन भन्न मिल्दैन,’ उनी भने्, ‘तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन ।’ उनको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी हो । 

नयाँ पुस्ता, विशेषगरी ‘जेन-जी’ को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उनको जोड रहेको छ । ‘युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,’ उनले भने। आज जेन-जी आन्दोलनपछि विशेष परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ । 
 

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ३ : १० बजे

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ