एजेन्सी– इजरायलले दक्षिणी लेबनानको हेजबुल्लाह गढका क्षेत्रहरूमा निकासी आह्वान जारी गर्दै गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको जनाइएको छ ।
इजरायल माथि आक्रमण गर्दा लेबनानलाई क्षेत्रीय युद्धमा तानेको र इरान समर्थित लडाकु समूहले गालील क्षेत्रका स्थानहरूमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिण लेबनानको नबातीह क्षेत्रका गाउँका मेयर र उनकी श्रीमतीको आक्रमणमा मृत्यु भएको जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वमा रहेको जाहले सहर नजिकै कारमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।
राजधानीको दक्षिणी उपनगर स्थित हेजबुल्लाहको मुख्य गढमा बिहीबार थप आक्रमणहरू भएको जनाइएको छ भने एनएनएले एएफपीटीभी फुटेजमा त्यस क्षेत्रबाट धुवाँ आउँदै गरेको देखाइएको छ ।
लेबनानको उत्तरमा त्रिपोली नजिकै भएको इजरायली ड्रोन आक्रमणमा हामासका वरिष्ठ अधिकारी वासिम अतल्लाह अल–अली र उहाँकी पत्नीको मृत्यु भएको जनाइएको छ ।
इजरायलले बिहीबार पनि, दक्षिणी लेबनानका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई सैन्य कारबाहीका कारण खाली गर्न चेतावनी दिएको छ । मंगलबार, इजरायली सेनाले इजरायली बासिन्दाहरूको सुरक्षाका लागि लेबनान भित्र बफर जोन सिर्जना गरिरहेको बताएको थियो ।













प्रतिक्रिया