‘इजरायलले लेबनानमा गरेको आक्रमणमा आठ जनाको मृत्यु’ « Khabarhub

‘इजरायलले लेबनानमा गरेको आक्रमणमा आठ जनाको मृत्यु’


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायलले दक्षिणी लेबनानको  हेजबुल्लाह गढका क्षेत्रहरूमा निकासी आह्वान जारी  गर्दै गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको जनाइएको छ ।

इजरायल माथि आक्रमण गर्दा लेबनानलाई क्षेत्रीय युद्धमा तानेको र इरान समर्थित लडाकु समूहले गालील क्षेत्रका स्थानहरूमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिण लेबनानको नबातीह क्षेत्रका गाउँका मेयर र उनकी श्रीमतीको आक्रमणमा मृत्यु भएको जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वमा रहेको जाहले सहर नजिकै कारमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।

राजधानीको दक्षिणी उपनगर स्थित हेजबुल्लाहको मुख्य गढमा बिहीबार थप आक्रमणहरू भएको जनाइएको छ भने एनएनएले एएफपीटीभी फुटेजमा त्यस क्षेत्रबाट धुवाँ आउँदै गरेको देखाइएको छ ।

लेबनानको उत्तरमा त्रिपोली नजिकै भएको इजरायली ड्रोन आक्रमणमा हामासका वरिष्ठ अधिकारी वासिम अतल्लाह अल–अली र उहाँकी पत्नीको मृत्यु भएको जनाइएको छ ।

इजरायलले बिहीबार पनि, दक्षिणी लेबनानका विभिन्न क्षेत्रका बासिन्दाहरूलाई सैन्य कारबाहीका कारण खाली गर्न चेतावनी दिएको छ । मंगलबार, इजरायली सेनाले इजरायली बासिन्दाहरूको सुरक्षाका लागि लेबनान भित्र बफर जोन सिर्जना गरिरहेको बताएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ५ : ०९ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया